नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका पूजा शर्माको वि.सं २०४९ साल वैशाखको १७ गते सिन्धु पाल्चोकमा पूजाको जन्म भएको हो ।
पूजा म्यूजिक भिडियो, टेलिभिजन हुँदै चलचित्रमा प्रवेश गरेकी हुन् ।पूजाले आफ्नो करिअरको सुरुवात चलचित्र ‘थ्रि लभर्स’बाट सुरु गरेकी हुन् तर ‘प्रेमगीत’बाट भने उनको करिअर चम्कियो ।
पूजाले अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ बक्स अफिसमा हिट भयो । योसँगै उनको झनै चुलियो । पूजाले ‘प्रेमगीत’ अगाडि ‘मेरो बेष्ट फ्रेन्ड, मधुमास, चंखे शंखे पंखे, अझै पनि’ लगायतका चलचित्रमा काम गरेकी थिइन् ।
तर, उनलाई सफलता हात परेको थिएन ।पूजाको करिअरको टर्निङ पोइन्ट निर्देशक सुदर्शन थापासँग भेटपछि भएको मानिन्छ । सुदर्शनले उनीसँग ‘मधुमास’पछि निरन्तर सहकार्य गर्दै आएका छन् ।
सुदर्शनको निर्देशनमा पूजाले ‘मधुमास, चंखे शंखे पंखे, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २, सम्हालिन्छ कहिले मन’ लगायतका चलचित्रमा काम गरिसकेकी छिन् ।
पूजा पछिल्लो समयकी चर्चित र महंगी नायिका हुन् । उनले चलचित्रमा अभिनय गरेको १५ लाख भन्दा माथिको पारिश्रमिक वुझ्दै आएकी छिन् ।
विभिन्न समयमा आफ्नै बोलीका कारण विवादमा समेत पर्दै आएकी यी नायिका पछिल्लो समय नायक आकाश श्रेष्ठसँगको प्रेम सम्बन्धका कारण पनि चर्चामा छिन् । तर, पूजा आकाशलाई आफ्नो साथी मात्र भएको बताउँछिन् । यसैक्रममा उनका सुन्दर तस्बिर यहाँहेरौ।