चर्चित नायिका स्वेता खड्काकी छोरी बन्दै नायिका सेड्रिना

काठमाडौं ।

नायिका स्वेता खड्काले अभिनय गरेका चलचित्रमा उनी नायिकाको रुपमा प्रस्तुत हुँदै आएकी छिन् । अधिकांश चलचित्रमा लभर गर्लको रुपमा प्रस्तुत भएकी स्वेता अब भने आमाको भूमिकामा काम गर्दैछिन् ।

उनी अभिनित चलचित्र ‘कान्छी’ दुइ वर्ष अघि प्रदर्शनमा आएको थियो । निर्देशक यम थापाले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा स्वेताले आमाको भूमिकामा काम गर्ने तयारी गरेकी हुन् । चलचित्रले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा बोल्ने छ ।

अवस्था अलिक सहज हुने बित्तिकै चलचित्रको छायाँकन सुरु हुने छ। यो चलचित्र ३ जना कलाकारको वरिपरी घुम्नेछ । एक आमा र २ सन्तानको वरिपरी घुम्ने चलचित्रका लागि निर्माणपक्षले कलाकार सेड्रिना शर्मालाई अफर गर्दैइछ ।

निर्देशक यम थापा चलचित्रको छायांकन असोजबाट सुरु गर्ने योजनामा छन् । तर, यसका लागि उनी अहिले कलाकार फानल गरिरहेका छन् । नायिका सेड्रिना शर्मा यसअगाडि नायिका प्रियंका कार्कीको छोरीको भूमिकामा देखिएकी थिइन् ।

हाल स्क्रिप्टको कार्य सकायर लोकेसन फाइनल गर्ने कार्यमा लागेका थापाले चलचित्रमा समाबेश अन्य कलाकार तथा प्राबिधिकहरुको जानकारी केसी समयमा गराउने बताए।‘नाई नभन्नु ल ५’बाट चर्चामा आएकी यी कलाकार हुन सेड्रीना।

यस्तो अवस्थामा उनले के स्वेताको छोरी बन्नका लागि हुन्छ भन्लिन् त ?डेब्यू चलचित्र ‘कहाँ भेटिएला’ देखि लभर गर्लको भूमिकामा देखिँदै आएकी श्वेतालाई पहिलो पटक दर्शकले भिन्न भूमिकामा देख्न पाउनेछन् ।

उनी यो चलचित्रलाई लिएर उत्साहित छिन् । आमाको भूमिका भए पनि चलचित्रमा केन्द्रिय भूमिका श्वेताको रहने निर्देशक थापाले बताए ।